समाज

ज्यान मार्ने उद्योगमा मेयरलाई पक्राउ पुर्जी

इकागज |
मंसिर १४, २०७८ मंगलबार २१:१७ बजे

जनकपुरधाम - सिरहाको मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवलाई पक्राउ गर्न जिल्ला सरकारी वकिल कार्यालयले पत्राचार गरेको छ । शिवशंकर यादवको हत्या आरोपमा बयानका लागि मेयरलाई पक्राउ गरेर सरकारी वकिल कार्यालयमा बुझाउन ईलाका प्रहरी कार्यालय मिर्चैयालाई पत्राचार गरिएको हो ।

अनुसन्धान अधिकृत प्रहरी निरिक्षक अवधकिशोर ओझाको नाममा गरिएको पत्रचारमा सो कार्यालयले राजगिर यादवको जाहेरीले प्रतिवाद शिवशंकर कापरी समेत भएकाले ज्यान मार्ने उद्योग मुद्धामा प्रतिवादी मेयर यादवमाथि मुद्दा नचलाउने निर्णय भएको थियो ।


तर उच्च सरकारी वकिल कार्यालय राजविराजले मेयर यादवमाथि थप अनुसन्धान कार्य गरी मुद्दा चालउनुपर्ने निर्णय गरेकाले पक्राउ गर्न पत्राचार गरेको हो । 

पत्राचार गरिएको एक साता बितिसकेपनि मेयर यादव बयानका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित भएका छैनन । न त प्रहरीले उनलाई पक्राउ गरेको छ ।

मेयर यादवलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराउने सम्बन्धमा ईलाका प्रहरी कार्यालयका अनुसन्धान अधिृकत अवधकिशोर ओझाले भने, ‘सरकारी वकिल कार्यालयको निर्देशन बमोजिम हामीले आज नगरपालिकालाई उपस्थित हुन पत्र पठाएका छौं, यदि उहाँ उपस्थित भएन भने हामी अन्य प्रक्रिया अघि बढाउने छौं ।’

सरकारी वकिल कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १९ (२) जाहेरवालाको रोहबरमा अनुसन्धान गर्ने, घाइते विजयकुमार यादवको समूहले राहत वितरण गरिरहेको अवस्थामा प्रतिवादीहरुले आक्रमण गरेको देखिएको हुँदा घाइतेहरुसँग राहत वितरण गर्ने को को थिए ? खुलाई अनुसन्धान गर्न निर्देशन दिएको छ । 

कोभिड १९ सक्रमणको समयमा राहत वितरण गर्ने क्रममा आक्रमण गराएर आमोद भन्ने बिजय कुमार यादबको हात भाची सख्त घाइते बनाई ज्यान मार्ने उद्योग गरेकोले नगर प्रमुख यादबलाई पक्राउ गर्न उच्च सरकारी वकिल कार्यालयले पत्राचार गरेको हो । निर्देशन दिएको हो ।

यस सम्बन्धमा मेयर यादवले आफूलाई झुठो राजनीतिक मुद्दामा फंसाउने प्रयास गरिएको बताए । यसअघि पक्राउ गरेर जिल्ला अदालतको आदेशबाट आफू रिहा भएको बताउँदै उनले मुद्दा फेरि अघि बढाएर आफूमाथि जालझेल गर्न लागिएको बताए ।

उनले राजनीतिक प्रतिशोध साध्न मुद्दामा फंसाउने प्रयास गरिएको प्रतिक्रियासमेत दिए । 
 


Author

थप समाचार
x