समाज

अपांगता भएकाको समस्या बाहिर ल्याउन पत्रकारलाई कलम वितरण

इकागज |
मंसिर १५, २०७८ बुधबार २१:४ बजे

जुम्ला - अपांगता भएका व्यक्तिका सवाल उठान गर्न अनुरोध गर्दै पत्रकारलाई कलम वितरण गरिएको छ । राष्ट्रिय अपांग महासंघ नेपालले डिसेम्बर ३ मा परेको ३० औं अन्तर्राष्ट्रिय अपांगता  दिवस अवसरमा पत्रकारहरूलाई कलम वितरण गरेको हो । 

‘हाम्रो प्राथमिकताको आधार अपांगता भयका व्यक्तिको अधिकार’ भन्ने मूल नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय अपांगता  दिवस भव्यताका मनाइँदै छ । अपांगता भएका व्यक्तिलाई कोरोनाले पारेको प्रभावका विषयमा कलम चलाउनु पर्ने राष्ट्रिय  अपांग महासंघ नेपाल कर्णाली प्रदेश अध्यक्ष विष्णु शर्माले बताए  ।


संघीयतापछि अपांगता भएका व्यक्ति उपेक्षामा गरेको उनले बताए । अध्यक्ष शर्माले राजनीतिक पहुँचको आधारमा  सपाङ्गता भएका व्यक्तिलेसमेत  अपांगता भएका व्यक्तिको सेवा सुविधा लिने गरेको दुखेसो गरे । राष्ट्रिय अपांग महासंघ नेपालले कर्णालीमा मात्रै कूल जनसंख्याको ४ प्रतिशत नागरिक अपांगता  भएको जनाएको छ ।


Author

थप समाचार
x