समाज

आगलागीमा निसास्सिएर तीन जनाकाे मृत्यु

इकागज |
मंसिर १५, २०७८ बुधवार २१:३६ बजे

दोलखा - बच्चा सेक्न कराइमा बालेको कोइलाबाट दराजमा लागेको आगोको धुवाँबाट निसास्सिएर तीन जनाको मृत्यू भएको छ । तामाकोशी गाउँपालिका- २ बस्ने २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ६ दिनकी छोरीको कोठाभित्र निसास्सिएर मंगलबार राति मृत्यु भएको हो ।

कोठाभित्र बच्चा सेक्न कराइमा बालेको कोईलाबाट दराजमा आगो लाग्दा सोही आगोको धुवाँबाट निसास्सिएर उनीहरूको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दोलखा र प्रहरी चौकी छौडेबाट खटिएको प्रहरी घटनास्थलमा पुगेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



Author

थप समाचार
x