समाज

एक महिला र दुई पुरुष मृत अवस्थामा फेला

इकागज |
मंसिर १५, २०७८ बुधवार २१:४३ बजे

महोत्तरी - लोहारपट्टी नगरपालिका-६ लोहारपट्टी बजार बस्ने ३५ वर्षीया रुबी मण्डल मृत अवस्थामा फेला परेकी छन् । टाउकोमा घारिलो हतियार प्रहार भएको
अवस्थामा  उनी बुधबार घरनजिक मृत अवस्थामा फेला परेकी हुन् । शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी टोलीले घटनाबारे अनसन्धन भइरहको बताइउको छ ।

यस्तै मोरङ, बेलबारी नगरपालिका-२ पिलचोकमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी बाँके, नेपालगञ्ज उपमहानगरपालिका-११ टाँगा स्टेसननजिक सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



Author

थप समाचार
x