समाज

सेकुवा कर्नरबाट चितुवाको छालासहित ३ जना पक्राउ

इकागज |
मंसिर १६, २०७८ बिहीबार ७:० बजे

सांकेतिक फोटो

काठमाडौं - काठमाडौं महानगरपालिका ९ एयरपोर्टस्थित एयरपोर्ट सेकुवा कर्नरबाट दुर्लभ वन्यजन्तु चितुवाको करिब २ फिट २ ईन्च लम्बाई र ७ ईन्च चौडाई भएको १ थान छाला सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका ३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका २ घर भएका २८ वर्षीय बिशाल तामाङ, गोकर्णेश्वर नगरपालिका ३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका २ घर भएका ३२ वर्षीय विनोद तामाङ र गोकर्णेश्वर नगरपालिका ३ बस्ने चितवन राप्ती नगरपालिका १ बस्ने ४२ वर्षीय कामी सिंह स्याङ्तान रहेका छन् । 


काठमाडौं महानगरपालिका ९ एयरपोर्ट एरियामा केही व्यक्तिहरुले दुर्लभ चितुवाको छाला अबैध रुपमा विक्री वितरण गर्नको लागि लुकाई ल्याई राखेको छ भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त चितुवाको छाला सहित फेला पारी पक्राउ गरेको हो ।  

उनीहरूलाई बरामद छाला सहित आवश्यक कारबाहीका लागि जिल्ला बन कार्यालय काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ । 
 


Author

थप समाचार
x