समाज

बागमती सफाइ अभियान : १० मेट्रिक टन फोहर व्यवस्थापन

इकागज |
मंसिर १८, २०७८ शनिबार १७:५ बजे

काठमाडाैँ – बागमती सफाइ अभियानको ४ सय ४७ औं हप्तामा सिनामंगल पुलमुनिको नदी क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।सफाइबाट उठाइएको फोहर काठमाडौं नगरपालिकाले व्यवस्थापन गरेको छ ।

नगरपालिकाले फोहर गाडीमा राखेका आधारमा परिमाण सार्वजनिक गर्ने गरिएको अभियानले जनाएको छ । सफाइमा अभियानकर्मी, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, स्थानीयवासी, नगरपालिका वातावरण विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, हलेसी डेकोर, बागमती फोहर उन्मूलन उपभोक्ता सङ्घका पदाधिकारी, कर्मचारी एवम् सदस्यको सहभागिता रहेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । 


०७० साल जेठ ५ गतेदेखि बागमती सफाइ अभियान सुरु भएको हो । अभियान सुरु भएदेखि प्रत्येक हप्ताको शनिबार बिहान सातबजेदेखि नौ बजेसम्म दुई घण्टा ‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ नदीका विभिन्न भागमा सफाइ गरिन्छ । -रासस


Author

थप समाचार
x