समाज

कला संस्कृति संरक्षणमा जुटौं : पर्यटनमन्त्री आले

इकागज |
मंसिर १८, २०७८ शनिवार २१:३७ बजे

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कला संस्कृति संरक्षणमा सबै जना जुट्नुपर्ने बताएका छन् । शिवराम कासुलाद्वारा लिखित ‘नृत्य सूत्र तथा लिपि’ नामक कृतिको शनिबार काठमाडौंमा विमोचन गर्दै उनले यस्तो बताएका हुन् । 

अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाइरहेका नृत्यहरूले मानिसलाई प्रफुल्लित बनाउने मात्र नभई तत्कालीन समय बोध गराइरहेको उनले उल्लेख गरे । ‘नेपाल संस्कृतिमा विशाल र धनी छ, प्राकृतिक सम्पदा र सांस्कृतिक सम्पदा यहाँका सरलता र विशेषता हुन्, यहाँका नाचहरूले अन्तर्राष्ट्रियस्तरमा धेरै पुरस्कार प्राप्त गरेका छन्, ताण्डव र भैरवलगायत नृत्यले मान्छेको मनमात्रै प्रफुल्लित बनाएका छैनन् तत्कालीन समय बोध गराएका छन्,’ उनले भने ।


पर्यटनमन्त्री आलेले साहित्य, संस्कृति, अध्यात्म, कला विज्ञान सबै जीवनका लागि भएको र जीवनमा चाहिने मनोरञ्जनात्मक नृत्यमात्रै होइन, त्यसका शब्दले धेरै कुरा बताएजस्तै पुस्तकले पनि अनगिन्ती कुरा बताइरहेको उल्लेख गरे ।

‘संगीतको तालमा शरीरको चाललाई हिँडाउने कुरा भए पनि यसले धेरै अर्थ बोकेको छ, सुखदुःखको भावलाई यसले बताउने छ, धर्म र संस्कृति, चाडबाड र विजयोत्सव मनाउन गरिने नृत्य आज विश्वव्यापी भएको छ,’ उनले भने । -रासस
 


Author

थप समाचार
x