समाज

बाघ संरक्षणको मुख्य चुनौती चोरी सिकारी : मन्त्री यादव

इकागज |
मंसिर १९, २०७८ आइतवार १७:३४ बजे

चितवन - वन तथा वातावरणमन्त्री रामसाहयप्रसाद यादवले चोरी सिकारीका कारण बाघ संरक्षणमा चुनौती थपिएको बताएका छन । राष्ट्रिय बाघ सर्वेक्षण, २०७८ को आइतबार चितवनमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । बाघको बासस्थानमा संकुचन, आहारा प्रजातिको कमी, हड्डी तथा छालाका लागि गरिने चोरी सिकारी बाघ संरक्षणका लागि  मुख्य चुनौती रहेको उनले उल्लेख गरे ।

बाघको मुख्य बासस्थानमा सडक, रेल मार्गलगायत भौतिक पूर्वाधार निर्माणजस्ता कार्यले बाघ संरक्षणमा थप चुनौती थपिएको मन्त्री यादवको भनाइ छ । सरकारले बाघ संरक्षणलाई विशेष प्रथामिकता दिएको भन्दै उनले संरक्षणकर्मी, स्थानीय तह, सामुदायिक वन, संरक्षण क्षेत्र, नागरिक समाजलगायत मिलेर बाघ संंरक्षणमा एकजुट हुनुपर्ने उनले बताए ।  


एक सय वर्षमा बाघको ९० प्रतिशत बासस्थान मासिएको भन्दै मन्त्री यादवले बासस्थानको संरक्षण मुख्य कुरा रहेको बताए ।

बाघले नेपालका मुख्य पर्यापर्यटन अभिवृद्धिमा अतुलनिय योगदान पु¥याएको भन्दै उनले बाघको संरक्षण गरी यसबाट पाउने लाभलाई बढीभन्दा बढी समुदायमा पु¥याउने गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

मानव-बाघबीचको द्वन्द्व व्यवस्थापन गर्न अन्य निकायसँग सहकार्य गर्न मन्त्री यादवले विभागलाई निर्देशन दिए । बाघ पाइने संरक्षित क्षेत्र तथा जैविक मार्गमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्ने कार्यविधि तयार भई स्वीकृतिको क्रममा रहेको उनले जानकारी दिए ।


Author

थप समाचार
x