समाज

मतदाता नामावलीमा नाम भए/नभएको कसरी हेर्ने ?

इकागज |
मंसिर २२, २०७८ बुधबार १३:३० बजे

काठमाडौँ - स्थानीय निकायको चुनाव नजिकिएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य थालेको छ। आयोगले मतदाता परिचयपत्र अद्यवधिक गर्नको लागि स्थानीय निकायहरूलाई निर्देशन दिइसकेको छ । मतदाता परिचयपत्र नभएको व्यक्तिहरूले नजिकको जिल्ला प्रशासन कार्यालय वा निवार्चन आयोगमा गएर दर्ता गर्न सकिने जनाएको छ ।

पहिला दर्ता भएको आफ्नो नाम मतदाता नामावलीमा छ या छैन भनेर हेर्नको लागि निर्वाचन आयोगले अनलाइन मार्फत हेर्न मिल्ने बनाएको छ । यसको लागि तपाईंले निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो नाम सूचीकरण भए नभएको हेर्न सक्नुहुन्छ । आफ्नो मतदाता नामावलीमा जानकारी थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।



Author

थप समाचार
x