समाज

भेरी अस्पतालको स्टोर कक्षमा एकै परिवारका ४ जना मृत भेटिए

विक्रम खड्का |
पुस १५, २०७८ बिहीबार ९:८ बजे

बुटवल - बाँकेको भेरी अस्पतालको स्टोर कक्षमा एकै परिवारका ४ जना मृत अवस्थामा भेटिएका छन् । बाँके प्रहरीकाअनुसार अस्पतालको स्टोर कक्षमा बस्दै आएका अस्पतालकै कर्मचारीका परिवारका ७ जना सदस्यहरुमध्ये ४जना मृत अवस्थामा भेटिएका हुन् भने अरु अचेत अवस्थामा छन् ।

राति हिटर बालेर सुतेका उनीहरू त्यसको धुवाँले निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । मृतकहरूको मुखबाट फिँज निस्किएको अवस्थामा शव फेला परेको थियो । मृतकमध्ये एकजना नाबालकसमेत छन् । अचेत भएकाहरूको उपचार भइरहेको छ भने अस्पतालमा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले बताए । थप विवरण आउन बाँकी छ ।



Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x