समाज

पाल्पा दुर्घटना- बुबाको मलामी हिँडेका छोराको पनि मृत्यु

विक्रम खड्का |
पुस १८, २०७८ आइतवार १३:५० बजे

पाल्पा- पाल्पामा भएको सवारी दुर्घटनामा बुबाको मलामी गएका छोराको मृत्यु भएको छ । बुबाको शव लिएर मलामी गएका छोराको समेत दुर्घटनामा ज्यान गएको हो । 

आइतबार बिहान बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका-२ लगुवामा दुर्घटनाग्रस्त भएको पाल्लाका प्रहरी प्रमुख सन्तोष भट्टराईले बताए ।


 दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । अन्य ७ जना गम्भीर घाइते भएका छन् । दुर्घटनास्थलबाट चारवटा शव निकालिए पनि बाँकी शव बसले नै च्यापिएको अवस्थामा छन् । 

बसमा ३५ जना सवार रहेको प्रहरीको अनुमान छ ।  
 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x