समाज

श्रम स्वीकृति लिएर २९२ नेपाली कार्यरत

फ्रान्सले स्वास्थ्य र कृषि क्षेत्रमा नेपाली कामदार लाने भएकै हो ?

इकागज |
पुस २१, २०७८ बुधबार १८:२८ बजे

तस्बिरः श्रम मन्त्रीको सचिवालय

काठमाडौँ- नेपालस्थित फ्रान्सका लागि राजदूत गिल्स बुर्बाओले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग भेटे । मंगलबार मन्त्रीको कार्यकक्षमा राजदूत र श्रेष्‍ठको शिष्‍टाचार वार्ता भयो । विदेशका कूटनीतिज्ञले नेपालका मन्त्री तथा उच्च पदस्थ व्यक्तित्त्वसँग भेटघाट गर्नु सामान्य मानिन्छ । त्यहीँ सिलसिलामा फ्रान्सका राजदूत बुर्बाओले पनि श्रममन्त्री श्रेष्‍ठसँग वार्ता गरे । भेटघाटको क्रममा मन्त्रालयको तर्फबाट श्रममन्त्रीसँगै सहायक प्रवक्ता डा. ठानेश्‍वर भुसाल पनि सहभागी थिए ।

भेटका क्रममा गिल्सले नेपालको श्रम तथा रोजगारीको अवस्थामा छलफल गरेका थिए । मन्त्रालयका सहायक प्रवक्ता भुसालकाअनुसार नेपाल र फ्रान्स बीचको सम्बन्धमा छलफल भएको थियो ।


श्रम मन्त्री श्रेष्‍ठले युरोपका विभिन्‍न मुलुकमा नेपाली कामदार रहेको राजदूतलाई जानकारी गराएका थिए । डा. भुसालले राजदूत बुर्बाओको भनाइ उदृत गर्दै भने,' फ्रान्समा स्वास्थ्य र कृषि क्षेत्रमा रोजगारीको अवसर रहेको छ । राजदूतले कामदार लाने विषयमा कुनै पनि छलफल गर्नु भएन । कस्ता-कस्ता क्षेत्रमा रोजगारीको अवसर छ, त्यस जानकारी दिएर छलफल भएकै हो ।' 

राजदूतसँग श्रम मन्त्री श्रेष्‍ठले नेपालबाट कामदार लान सकिन्छ वा त्यस विषयमा पहल गरिदिन आग्रह गरेका थिए । 'कूटनीतिज्ञ हिसाबले मात्र बुर्बाओले भेटघाट गरी छलफल भएको थियो,' भुसालले भने  । हालसम्म नेपालबाट फ्रान्समा २ सय ९२ जना नेपालीले श्रमले स्वीकृति लिएर  काम गरिरहेको डा. भुसालले जानकारी दिए ।सन् १९४९ अप्रिल २० मा नेपालको फ्रान्ससँग कूटनीतिक सम्बन्ध कायम भएको थियो । नेपालले कूटनीतिक सम्बन्ध राखेको फ्रान्स चौथो देश हो ।

 

 

 

 


Author

थप समाचार
x