समाज

चार वर्षे नियुक्ति पाएका क्षेत्रीले भने– अदालतले गरेको निर्णय मान्छु

इकागज |
पुस २७, २०७८ मंगलबार २१:२२ बजे

काठमाडौँ - कात्तिक ८ गतेको मन्त्रिपरिषद्को बैठकले राजकुमार क्षेत्रीलाई नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक बनायो । महानिर्देशक भएको तीन महिना नपुग्दै प्राधिकरणबाट उमेर हदका कारण अवकाश पाइसकेका छन् ।

यसअघि उनी प्राधिकरणको कर्मचारी भई विभिन्‍न विमानस्थलमा काम गरिसकेका थिए । क्षेत्री क्यानको १२ औं तहका कर्मचारी हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताका आधारमा क्षेत्रीलाई महानिर्देशक बनाएको थियो ।


प्राधिकरणका महानिर्देशक क्षेत्री ५८ वर्षे  उमेरहदका कारण शुक्रबार अवकाश पाएका थिए । उनले उमेरको कारण अवकाश पाए पनि महानिर्देशकको समयावधि चार वर्ष रहेको छ । प्राधिकरणको ऐनमा महानिर्देशकको पदावधि चार वर्ष हुने उल्लेख छ । ऐनमा उमेरसम्बन्धी कुनै पनि व्यवस्था उल्लेख गरिएको छैन ।

प्राधिकरणका अधिकांश महानिर्देशक उमेर हदका समयावधि अवकाश पाउने गरेका छन् । यसअघिका राजन पोख्रेलले समयअघि नै अवकाश पाएका थिए । तर, क्षेत्री छोटो समयका लागि प्राधिकरणमा महानिर्देशक भए पनि विभिन्‍न सुधारको काम गरेका थिए ।

क्षेत्रीले पनि उमेर हदका कारण अवकाश पाइसकेका छन् । महानिर्देशक पदको समयावधि भएकाले पनि उनले सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । अदालतले शुक्रबार अदालतले उनको पक्षमा अन्तरिम आदेश दिइसकेको छ ।

अदालतले ३० गते सबैलाई छलफलमा बोलाएको छ । प्रधानमन्त्रीको कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई छलफलमा बोलाएको हो ।

सम्माननीय अदालतले गर्ने जस्तोसुकै निर्णयलाई पनि स्वीकार्ने क्षेत्रीले बताए । कानुनभन्दा माथि कोही पनि नरहने उनको भनाइ छ । काम गर्ने अवसर पाएको खण्डमा पुनः काम गरी देशभरको विमानस्थललाई सुदृढीकरण लैजाने प्रतिबद्धता जाहेर गरे ।

पोखरा र भैरहवा विमानस्थलको अधिकांश निर्माण कार्य सम्पन्‍न भइसकेको छ । कोभिड-१९ को महामारीले निर्माण क्षेत्रमा प्रभाव नपारेको भए प्राधिकरणले निर्माण सम्पन्न गरिसक्‍ने थियो ।

त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा २२ महिना महाप्रबन्धक रहँदा उनले उल्लेखनीय कार्य गरेका थिए । विमानस्थलमा 'बुटिक एयरपोर्ट' को अवधारणा उनले ल्याएका थिए । विभिन्‍न समयमा प्राधिकरणको नेतृत्वमा विभिन्न व्यक्‍ति आए पनि प्राधिकरणको गतिलाई अगाडि बढाउने कार्यमा क्षेत्री सफल भएका छन् ।

 


Author

थप समाचार
x