समाज

कैलालीमा स्मार्ट लकडाउन (सूचनासहित)

दीपक उपाध्याय |
पुस २८, २०७८ बुधबार १६:५७ बजे

फाइल तस्वीर

कैलाली - कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै कैलाली जिल्ला प्रशासन कार्यालयले स्मार्ट लकडाउनसहित कडाइ गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले बुधबार एक सुचना जारी गर्दै आज राति १२ बजेदेखि अनिश्चितकालका लागि लागू हुने गरि विभिन्न निर्णय गरेको छ । 

कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस एवं गृहमन्त्रालयको निर्णय, सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी प्रशासनले विभिन्न निर्णय गरेकाे हाे । 


अब सार्वजनिक स्थलमा मास्कको प्रयोग र साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउन प्रशासनले आदेश जारी गरेकाे हाे । यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाइएको छ । सार्वजनिक ठाउँमा अब २५ जनाभन्दा बढी भेला हुन पाइने छैन ।

सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने नियम लागू गरिएको छ । यस्तै माघ १५ सम्म विद्यालय बन्द रहनेछन् । पूर्वनिर्धारित  सेमेस्टर तथा वार्षिक परीक्षाहरूको हकमा  स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाईकाे व्यवस्था गरी सञ्चालन गर्न अनुमति दिइएको छ ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x