समाज

मकवानपुरका सीडीओ पाण्डे : कोभिड जनचेतना फैलाउँदै, बसका यात्रुलाई मास्क वितरण गर्दै

इकागज |
पुस ३०, २०७८ शुक्रवार १९:१४ बजे

काठमाडौँ – मकवानपुरमा पनि मास्क प्रयोगलाई बढावा दिन अभियान नै सुरु गरिएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र (डिसिसीएमसी)को बैठकको निर्णयअनुसार आज शुक्रबारबाट हेटौंडाका सार्वजनिक स्थल तथा सार्वजनिक सवारीमा मास्कलाई अनिवार्य प्रयोग अभियान सुरु गरिएको हो ।  
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले हेटौंडा १० स्थित बसपार्कमा रहेको पसल तथा सार्वजनिक बसका यात्रुलाई मास्क वितरण गर्दै कोभिडबारे सचेतना फैलाउँदै मास्क प्रयोग गर्न अनुरोध गरे । 

पाण्डेले कोभिडको ओमीक्रोन भेरियन्टबाट बच्न र बचाउनको लागि सचेतनामूलक पर्चा र मास्क वितरण गर्दै मकवानपुरका ९ स्थानमा माक्स वितरण कार्यक्रम सुरु गरिने बताए । मास्क प्रयोग बढाउने, खोप अभियानलाई तीव्रता दिने, स्वास्थ्यका पूर्वाधारहरु तयारी अवस्थामा राख्ने काम सुरु भएको प्रजिअ पाण्डेको भनाइ छ ।  


पुरानो नारायणी यातायात कम्पनीले आयोजना गरेको माक्स वितरण कार्यक्रम जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा उपकेन्द्र बसपार्कको सहकार्यमा भएको हो ।  


Author

थप समाचार
x