समाज

राहत बोकेर काबुल उड्यो नेपाली टोली

इकागज |
माघ २, २०७८ आइतबार १०:१ बजे

काठमाडौं– अफगानिस्तानलाई मानवीय सहायता प्रदान सामग्री बोकेर नेपाली टोली काबुल प्रस्थान गरेका छन्। परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालसहितको नेपाली डेलिगेसन टोली हिमालयन एअरलाइन्सको फला्ईट नं एच ए - ५९३१ बाट काबुल प्रस्थान गरेका हुन् ।

लम्सालको नेतृत्वमा १५ जनाको डेलिगेसन टिममा १७ जना र ९ जना क्रुसहित २६ जनाको टोली उडेका हुन् । उनीहरू त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ठिक ९ः३० बजे उडेका थिए ।


परराष्ट्रमन्त्री नारायण खड्काले त्रिभुवन विमानस्थलमा लम्सालसहितको नेपाली टोलीलाई बिदाइ गरेका थिए । नौ हजार ७ सय १५ किलो खाना, लत्ताकपडासहितको राहत सामग्री बोकेर टोली अफगानिस्तानतर्फ लागेको हो ।

काबुलमा नेपाली टोलीले त्यहाँस्थित संयुक्त राष्ट्रसंघको कार्यालयलाई सहायता सामाग्री हस्तान्तरण गर्ने भएको छ । टोली आजै राती स्वदेश फर्कनेछ । 

मानवीय संकटसँग जुधिरहेको अफगानिस्तानलाई सहायता गर्न राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले आग्रह गरेका थिए। तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा अन्तर्राष्ट्रिय सहायता रोकिएको छ। सोकारण अफगानिस्तानमा संकट पैदा भएको हो । केही महिनाअघि तालिबानले सत्ता कब्जा गरेको मुलुक अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएपछि नेपालले सहयोग गरेको हो।

आर्थिक संकट र खाद्यान्न अभावबाट गुज्रिरहेको अफगानिस्तानलाई नेपालले सहयोग गरेको परराष्ट्र मन्त्री डा. नारायण खड्काले बताए । नेपालसँगै अफगानिस्तानलाई अन्य मुलुकले पनि सहयोग गरिरहेका छन्।

राष्ट्रसंघले अफगानिस्तानलाई ४.४ बिलियन डलर बराबरको सहायता आवश्यक भएको जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्सलगायत निजी क्षेत्र र व्यवसायीको पहलमा नेपालले सहायता सामाग्री जुटाएको हो । 

नेपालले इतिहासमा पहिलोपटक संकटमा परेको मित्रराष्ट्रलाई सघाएको मन्त्री खड्काले बताए।  त्यहाँको कूल जनसंख्यामध्ये २ करोड ७० लाख जनसंख्या मानवीय सहायताको पर्खाइमा छन्।
 


Author

थप समाचार
x