समाज

नयाँ रक्षा सचिव शर्माको पद बहाली

इकागज |
माघ ३, २०७८ सोमबार १७:३७ बजे

काठमाडाैँ – नयाँ रक्षा सचिव किरणराज शर्माले सिंहदरबास्थित रक्षा मन्त्रालयमा आज पदबहाली गरेका छन् ।

मन्त्रालयमा उनलाई सहसचिव बाबुराम अधिकारीलगायत कर्मचारीले स्वागत गरेका हुन् । सरकारले केही दिनअघि उनलाई बागमती प्रदेशको प्रमुख सचिवबाट रक्षा मन्त्रालयको सचिवमा सरुवा गरेको हो । 


यसअघिका रक्षा सचिव वेगेन्द्रराज शर्मा पौड्याल पुस १४ गतेदखि सेवा निवृत्त भएपछि मन्त्रालयमा सचिव पद खाली थियो । यसबीचमा सहसचिव अधिकारीले निमित्त सचिवका रुपमा जिम्मेवारी सम्हालेका थिए । यसैबीच, प्रधानसेनापति प्रभुराम शर्माले नयाँ रक्षा सचिव शर्मालाई आजै भेटेर बधाई ज्ञापन गरेका छन् ।


Author

थप समाचार
x