समाज

इ-पासपोर्टका आवेदन तत्कालका लागि स्थगित

विदेश उपचार गर्न जानेहरूको भने आवेदन लिइने

इकागज |
माघ ५, २०७८ बुधबार १९:२९ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौँ- कोभिड-१९ को संक्रमण बढेसँगै ई-पासपोर्ट तथा एमआरपी राहदानीको आवेदन तत्कालको लागि स्थगित भएको छ । विदेशमा उपचार गर्न जाने जस्ता गम्भिर प्रकृतिका अत्यावश्यक सेवा बाहेक विभागबाट प्रदान गरिने राहदानी सेवा सम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्मको लागि सीमित गरिएको राहदानी विभागले जनाएको छ ।

विभागले दिएको बुकिङ्ग तथा टोकन हाललाई स्थगन गरेको छ । अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङ्गको प्राथमिकताको आधारमा सेवा सुचारु गर्ने विभागले प्रस्ट पारेको छ ।


उपचारको लागि विदेश जाने तथा जरुरी परेका अवस्थामा ([email protected]) अनलाइन भरेको फाराम, यथेष्ट प्रमाण र कारण सहित अनुरोध गर्न सकिने विभागले जानकारी दिएको छ ।

प्राथमिकताको आधारमा स्वीकृत भएका निवेदनलाई विभागले दुई दिन भित्र इमेलबाटै जानकारी गराउने छ । विभागले निवेदन स्वीकृत भएका सेवाग्राहीले इमेल प्रिन्ट गरेर तोकिएको मिति र समयमा विभागमा सम्पर्क गर्न आग्रह गरेको छ ।

 


Author

थप समाचार
x