समाज

आगो तापेर बसेका दुई युवाको ढिस्काेले च्यापिएर मृत्यु

इकागज |
माघ ५, २०७८ बुधबार २१:३३ बजे

बुटवल – बुटवलको देबीनगर स्थित तिनाउ किनारमा ढिस्कोले पुरिँदा २ जनाकाे ज्यान गएकाे छ ।  तिनाउ नदी किनारमा आगो तापेर बसिरहेको अवस्थामा एक्कासी खस्दा २ जनाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ ।

प्रहरीका अनुसार ३ जना घाइतेसमेत भएका छन्। पाँचै जना पुरिएर घाइते भएपछि स्थानीयले उद्धार गरेर अस्पताल पुर्‍याउनासाथ २ जनालाई मृत घाेषाणा गरिएकाे रुपन्देहीका प्रहरी प्रवक्ता नवराज पैडेलले  बताए ।


पुरिएर मृत्यु हुनेमा स्थानीय गणाेश थापा र शिव थापा रहेका छन् । घटनामा परी घाइते हुनेमा केशव पुरी, अशाेक गाहा र अन्य १ जना रहेकाे प्रहरीले जनाएकाे छ ।

ढिस्कोले पुरिएकाहरुलाई घटना लगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएको प्रहरीले जनाएको छ । अत्याधिक जाडाे भएपछि स्थानीय प्रगतिनगरका स्थानीय तिनाउ किनारको कुना च्याप्दै आगो तापेर बसिरहेको अवस्थामा ढिस्को उनीहरुमाथि खसेको थियो ।


Author

थप समाचार
x