समाज

पत्रकार एलबी विश्वकर्माको मृत्युबारे छानबिन गर्न समिति गठन

इकागज |
माघ ९, २०७८ आइतबार १४:३९ बजे

फाइल फोटो

काठमाडौँ - पत्रकार एलबी विश्वकर्माको मृत्युबारे अध्ययन गर्न सिभिल अस्पतालले छानबिन समिति गठन गरेको छ । उनको मृत्युबारे अध्ययन गर्न अस्पतालका आकस्मिक विभागका प्रमुख दिनेश कुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले जानकारी दिए । 

छानविन समितिमा उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउन्टर प्रमुख भेषबहादुर बस्नेत छन् । पत्रकार विश्वकर्माको मृत्युबारे पत्रकार महासंघले पनि छानबिन गरिरहेको अधिकारीले जानकारी दिए ।


पत्रकार विश्वकर्माको मृत्युपछि अस्पताल व्यवस्थापनको चर्को आलोचना हुँदै आएको छ । पत्रकार महासंघ, नेपाल प्रेस काउन्सिलसहित पत्रकारसँग आबद्ध विभिन्न संघ संस्थाले सो घटनाको छानबिनका लागि माग गर्दै आएका थिए । 

पत्रकार एलबीलाई समयमै अस्पताल पुर्याएपनि झण्डै चार घण्टासम्म सिभिलले भर्ना नलिएको र आर्थिक अभावमा पाटन अस्पताल रिफर गर्दा बाटैमा ज्यान गएको आरोप छ ।

र, याे पनि
 

 

 

 

 


Author

थप समाचार
x