नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८०, पुरुषभन्दा महिला ६ लाख बढी
वार्षिक जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत

काठमाडौँ - केन्द्रीय तथ्यांक विभागले २०७८ मा सञ्चालित जनगणनाको तथ्यांक सार्वजनिक गरेको छ । नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको छ ।
वार्षिक जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ । कूल जनसंख्यामा महिलाको जनसंख्या १ करोड ४९ लाख एक हजार एक सय ६९ अर्थात् ५१.०४ प्रतिशत र पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार तीन सय ११ अर्थात् ४८.९६ प्रतिशत रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया