समाज

'वैदेशिक रोजगारीमा जानेले सुर्तीजन्य पदार्थ नबोक्नू'

इकागज |
माघ १९, २०७८ बुधबार १९:५ बजे

फाइल तस्बिर

काठमाडौँ- वैदेशिक रोजगारमा जाने  श्रमिकलाई सुर्तीजन्य पदार्थ नबोक्न अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले आग्रह गरेको छ । कार्यालयले सूचना सार्वजनिक गर्दै चुरोट, खैनी, सुर्ती, परागजस्ता वस्तु लान नपाइने भनेको हो । 

वैदेशिक रोजगार विभाग र महानगरीय प्रहरी कार्यालय रानीपोखरीको पत्र राख्दै कम्पनीले यस्ता वस्तु बोकेर यात्रा नगर्न भनेको हो । गत असोजम विभागले महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई पत्र लेखेको थियो ।


सुरक्षा कार्यालयका अनुसार यात्रुले साथमा चुरोट, खैनी, सुर्ती, परागजस्ता वस्तु राख्न पाउँदैनन् । मासुजन्य खाद्य पदार्थ र विभिन्न प्रजातिका बोटविरुवा लैजाँदासमेत क्वारेन्टाइन कार्यालयबाट अनुमति लिएर मात्र लान पाइने जनाएको छ ।

 


Author

थप समाचार
x