समाज

कोभिडले बन्द पशुपति मन्दिर शुक्रबारदेखि खुला

इकागज |
माघ २६, २०७८ बुधबार १८:५६ बजे

काठमाडौँ - शुक्रबारदेखि दर्शनार्थीका लाागि पशुपतिनाथको मन्दिर खुला हुने भएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयको २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पुजा र ध्यान गराउने प्रावधान भएकाले २८ गतेबाट खुला गर्न लागिएको  पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

दर्शनार्थी र भक्तजनको गुनासो आएपछि मन्दिर खुला गर्ने निर्णय भएको विकास कोषको दाबी छ । विश्‍व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार भक्तजनलाई दर्शन गर्न दिने कोषले जारी गरेको सूचनामा उल्लेख छ । कोभिड-१९ को तेस्रो लहर सुरु भएपछि मन्दिर प्रवेशमा निषेध गरिएको  थियो ।



Author

थप समाचार
x