कोषमा करोडौं बजेट, जनकपुरधामको रामायण भवन जिर्ण
जनकपुरधाम : जनकपुरधामस्थित रामचरित्रमानसमा उल्लेख भएका रामायण संरक्षण र मर्मत सम्भार नहुँदा जिर्ण बन्दै गएको छ । गुठी संस्थानको बेवास्ताका कारण भवन जिर्ण बन्दै गएको हो । देशैभरिमा चौपाईसहितको एकमात्र सयौं वर्ष पुरानो ऐतिहासिक रामायाण भवनको नाममा करोडौ रुपैया बजेट छ।
श्री ५ रणबहादुर शाहका सेनापति अमरसिंह थापाद्वारा वि.सं. १८३९ मा निर्मित राम मन्दिरसंगै आउने युवा पुस्तामा रामचरित मानसप्रति आर्कषण बढाउन रामायण भवनको निर्माण गरिएको थियो ।
धनुष सागर पोखरीको डीलमा रहेको रामायण भवनको भित्री भित्तामा तुलसी दासकृत सम्पूर्ण रामचरित मानस लेखिएको छ भने सीतारामको विवाहसंग सम्बन्धित तस्वीरहरु कुँदिएका छन् । तर संरक्षण आभावमा भितामा लेखिएका रामायण मेटिन थालेका छन् भने तस्वीरहरु समेत नदेखिने भएका छन्।
केही वर्ष अगगाडिसम्म रामायण भवन भक्तजनहरूको लागि अकार्षणको केन्द्र नै थियो । जनकपुरधाम आउने धािमर्क तथा अन्य पर्यटकहरु जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिरमा पूजा गरेपछि सो भवनमा समेत रामायण अवलोकन र पूजा अराधनाका लागि पुग्ने गर्थे । तर हाल भवन नै भएपछि सो भक्तजनका लागि प्रवेश निषेध गरिएको छ ।
यसअघि सो भवन सत्यसाई केन्द्र नामक संस्थाकोे कब्जामा थियो। तर गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले अभियान चलाएर खाली गराउन सफल भए।
महासेठले भने ‘रामायण भवनमािथ रहेको केन्द्रको कब्जा मुक्त गराउन स्थानीय प्रशासनलाई शुरुमा गुहार्यौँ तर प्रशासनले चासो नलिएपछि पुनरावेदन अदालत पुगेका थियौँ ।’ पछि तत्कालिन पुनरावेदन अदालतको आदेशपछि सत्यसाई केन्द्रको कब्जाबाट भवन मुक्त भएको थियो ।
भवनको नाममा ४ करोड बराबरको अक्षय कोष
भवनको नाममा करीब ४ करोड रुपैया हुँदहुँदै मर्मत सम्म्भार हुन नसकेकोमा महासेठले चिन्ता व्यक्त गरे । सम्बन्धित निकाय गुठी संस्थानले रामायाण भवनको नाउँमा धनुषाको धारापानीस्थित नेपाली सेनाले लिएको ११ बिघा जग्गाबाट आएको मुआब्जा रकम ४ करोड रुपैयाँ बराबरको ०६८/६९ मा अक्षय कोष खडा गरेको थियो । तर सो रकमको सोधीखोजी कसैले गरेको देखिदैन ।
अध्यक्ष महासेठले भने अक्षय कोषमा ४ करोड रुपैयाँ रहेकै अवस्थामा नेपाल सरकारबाट आ.ब. ०७१-०७२ मा २५ लाख, आ.ब. ०७५-७६ र ०७६-७७ मा समेत ३५ लाख रुपैयाँको दरले बजेट छुटयाइयो तर सम्बन्धित निकायले चासो नलिंदा रकम भए पनि भवन जिर्ण बन्दै गएको आरोप लगाए ।
यस सम्बन्धमा गुठी संस्थान जनकपुरधामका प्रमुख वैकुण्ठ रेग्मीले अक्षय कोष रकम बारे अनभिज्ञता व्यक्त गर्दै थाहा नभएको बताए । उनले भने, ‘रामायण भवनको नाममा अक्षय कोष रहेको सुनेको छु, तर त्यसबारे केन्द्रीय कार्यालयलाई नै थाहा होला । मलाई थाहा छैन।’
नेपाल सरकारले बजेट समेत ३ वर्षसम्म छुट्याएको प्रसंगमा प्रमुख रेग्मीले भने, ‘सरकारले बजेट त छुटयायो तर रकम नै निकासा गरिएन । रामायण भवनको नाममा स्वीकृत बजेट रकम पठाउन जनकपुरधामस्थित कार्यालयको खातामा पठाउन पटक पटक ताकेता गर्दा पनि केन्द्रीय कार्यालयले पहल गरेन ।’
कोषको रकममा अनियमितता
नेपाली सेनाबाट मुआब्जा स्वरुप आएको ४ करोड बराबरको अक्षय कोष स्थापना गरिएको थियो। तर हाल सो कोषमा ३ करोड ३ लाख रुपैयाँ मात्र रहेको र बाँकी रुपैया गुठी संस्थानले अनियमितता गरेको मंचका अध्यक्ष महासेठले आरोप लगाए।
उनले भने, ‘यस सम्बन्धमा गौ संरक्षण मंचले गुठी संस्थान जनकपुरलाई ज्ञापन पत्र समेत बुझाइयो। अक्षय कोषबारे जानकारी र बजेट निकासाका लागि पत्र समेत लेखियो तर कार्यालयले हालसम्म त्यस बारे कसैले चासो लिएको छैन ।’ अक्षय कोषको रकम अनियमितता बारे प्रमुख रेग्मीले भने कोष केनद्रीय कार्यालयद्वारा खोलिएको र त्यस बारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया