समाज

प्रदेश २: कोभिड संक्रमणका कारण १६५ जनाको मृत्यु

सुभाष कर्ण |
कात्तिक १०, २०७७ सोमबार १५:३१ बजे

जनकपुरधाम: कोभिड १९ संक्रमणका कारण प्रदेश २ मा मृत्यु हुनेको संख्या १ सय ६५ पुगेको छ । स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले दिएको जानकारीअनुसार सोमवार बिहानसम्म संक्रमणको कारण १ सय ३५ पुरुष र ३० जना महिला गरी १ सय ६५ जनाको ज्यान गएको हो।

उनकाअनुसार सप्तरीमा २४, सिरहामा १६, धनुषामा १९, महोत्तरीमा १७, सर्लाहीमा १३, बारामा ९, पर्सामा ४८, रौतहटमा १८ जना सहित एक भारतीय नागरिकको मृत्यु भइसकेको छ । अधिकांश संक्रिमतको मृत्यु उपचारार्थ अवस्थामा अस्पतालमा भएको हो ।


त्यस्तै प्रदेशमा संक्रमितहरुको संख्या १५ हजार ३ सय ८१ पुगिसकेको छ । सबभन्दा बढी संक्रमितको संख्या प्रदेशका पर्सा जिल्लामा २ हजार ८ सय ९१ जना रहेको छ ।

झाका अनुसार हालसम्म सप्तरीमा एक हजार ५ सय ८२, सिरहामा एक हजार चार सय ५२, धनुषामा २ हजार २ सय ४, महोत्तरीमा १ हजार ६ सय ५०, सर्लाहीमा १ हजार ९ सय ६९, रौतहटमा २ हजार ६४ र बारामा १ हजार ५ सय १४ जना संक्रमित भइसकेका छन् ।

सोमवार बिहानसम्म उपचार पश्चात संक्रमण मुक्त हुनेको संख्या १३ हजार ३ सय ४४ रहेको छ भने हाल सक्रिय संत्रमितको संख्या १ हजार ८ सय ७२ रहेको छ । सक्रिय संक्रमित आइसोलेसनमा उपचाररत मध्ये दोब्बर संख्यामा होम आइसोलेसनमा रहेको झाले जनाएको छ ।

संक्रमित मध्ये ६ सय २६ जना प्रदेशका विभिन्न अस्पतालमा उपचाररत छन भने १ हजार २ सय ४६ जना होम आइसोलेसनमा रहेको जनाइएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x