विश्व साइकल यात्री पुष्कर शाह बर्दियामा सम्मानित
बर्दिया : विश्व साइकल यात्री पुष्कर शाहलाई बर्दियामा सम्मान गरिएको छ । कोभिड-१९ महामारीले थलिएको पर्यटनलाई उकास्न नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्धारासम्म साइकल र्यालीमा सहभागी भएर पर्यटन बढाउन सहयोग गरेको भन्दै शाहलाई सम्मान गरिएको हो ।
नाट्टा बाँकेले साइकल यात्री शाहलाई सम्मान गरेको हो । नेपाल पर्यटन बोर्डका सीइओ डा. धनन्जय रेग्मीले सम्मानपत्र र खाँदा ओढाएर शाहलाई सम्मान गरेका हुन् । शुक्रबार नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्धारासम्म ८५ किलोमीटर साइकल र्याली निकालिएको थियो । विश्व साइकल यात्री शाहले पनि पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा सहयोग पुर्याउन साइकल यात्रा गरेका थिए ।
सम्मान ग्रहण गरेपछि साइकल यात्री शाहले स्वास्थ्य, वातारण र पर्यटनका लागि साइकल अनिवार्य भएको बताए । साइकल चलाउँदा पर्यटन गतिविधिसमेत बढ्ने भन्दै पर्यटन प्रवर्धन गर्न साइकल यात्रालाई प्रोत्साहन गर्नुपर्ने बताए ।
स्वास्थ्य, पर्यावरण र पर्यटनका लागि साइकल यात्रा नारा दिएर शुक्रबार झण्डै दुई सय जनाले नेपालगञ्जदेखि ठाकुरद्धाराससम्म साइकल र्याली गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया