समाज

कोभिड-१९ महामारीकै बीचमा खाडी फर्कन थाले नेपाली

इकागज |
कात्तिक १५, २०७७ शनिबार २०:४३ बजे

फाइल तस्बिर

काठमाडौं : कोभिड-१९ को महामारीको बीचमा पनि खाडी मुलुकमा नेपाली कामदारको माग हुन थालेको छ । खाडी किङको रुपमा चिनिएको साउदी अरेवियाले विदामा नेपाल आएकालाई पुनः काममा बोलाउन थालेको छ । युएई, कतार, कुवेत, ओमान, बहराइन लगायतले पनि नेपाल फर्केकालाई फिर्ता बोलाइरहेका छन । कतिपय नेपालीहरू त्यसतर्फ जान थाली सकेका छन । हप्तामा चार सयको हारहारीमा फर्कन थालेका छन् ।

उडानको समय मिलाएर आफ्नो भिसा भएकाहरु विदामा आएकाहरु पीसीआर परीक्षण गरेर त्यसतर्फ गइरहेका छन् । उडान भएका र श्रम स्विकृत पाएका विदामा रहेकाहरु त्यसतर्फ गइरहेका छन् । ति मुलुकको नयाँ कामदार नखुलाए पनि पुराना आफ्ना कामदारलाई भने फिर्ता बोलाउन थालेका छन् । अन्य विदेशी जनशक्ति भन्दा पहिलो रोजाईमा नेपाली पर्दै नेपालीलाई फिर्ता बोलाउन थालेका हुन् । ‘नयाँ कामदार लिएका छैनन । तर पुराना विदामा गएकाहरूलाई भने बोलाउन थालेका छन् । कतिपय घर जाने भन्नेहरू पनि काममा फर्केका छन्,’साउदी अरेवियाका लागि नेपाली राजदूत प्राध्यापक महेन्द्र पी. सिंहले इकागजसँग भने, ‘यहाँ कामहरु सुचारू हुन थालेका छन् ।’


महामारीको बीचमा साउदी अरेवियाबाट मात्रै १८ हजार नेपाली स्वदेश फर्केका थिए । ति फर्केका र पहिले नै छुट्टीमा आएका नेपालीहरु कामदारहरू पुनः साउदी अरव फर्कन थालेको राजदूत सिंहले बताए । ‘आएकाहरू पीसीआरु टेस्ट गरेर आएकाहरू एक साता क्‍वारेन्टाइनमा बसेर काममा जाने गर्दछन्,’ उनले भने, ‘विस्तारै आव नयाँको लागि पनि काम खुला हुनेछ ।’

तीन लाख बढि कामदार साउदी अरेवियामा छन् । त्यस्तै अन्य मुलुक कतार, युएईमा पनि साउदी अरेवियाको हाराहारी छ । त्यस्तै अन्य मुलुक कुवेत, ओमान र बहराइनमा पनि नेपालीहरु उल्लेख्य छन् । ति सबै मुलुकहरुले नेपालीलाई विदाबाट फर्काउन लागेका छन् । त्यहाँ नियमित उडान पनि आरम्भ भएको छ । जसले गर्दा यहाँबाट श्रम स्विकृत लिएकाहरु फर्कन सक्नेछन् ।

आरम्भमा सरकारले त्यहाँबाट स्वदेश फर्कन चाहेकालाई फिर्ता नल्याएपनि त्यही मुलुकमा सरकारको विरोध गर्न थालेका थिए । दूतावास पनि घेरेका थिए । उनीहरु सरकारको चार्टर उडान तर आफ्नो खर्चमा फर्केका थिए । त्यसरी फर्केका र पहिले नै फर्केकाहरू पनि अहिले पुनः काममा जान थालेका हुन् । राजदूतहरुले अव ति मुलुकमा नयाँलाई पनि अवसर दिन पर्ने भन्दै कामदार खुलाउन पहल गरेका छन ।    


Author

थप समाचार
x