समाज

प्रधानमन्त्री कञ्‍चनपुरमा, निर्मला पन्तलाई न्याय माग्‍ने ६ जना पक्राउ

इकागज |
फागुन १०, २०७७ सोमबार १६:३९ बजे

धनगढी : कञ्‍चनपुरको दैजीमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली कञ्‍चनपुर पुगेका बेला बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको न्यायको माग गरिरहेका अधिकारकर्मी शारदा चन्दसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

'निर्मलाको हत्यारा खै ?,  'निर्मलालाई न्याय दे' लेखिएको टिसर्ट लगाएकाहरुलाई प्रहरीले पक्राउ गरेको हो । २०७५ साउन ११ मा कञ्‍चनपुरको भीमदत्त नगरपालिका-१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो । हत्यामा संलग्‍नलाई कानुनी दायरामा ल्याउन प्रहरीले अहिलेसम्म सकेको छैन ।  



Author

थप समाचार
x