समाज

सवारी साधन दुर्घटनामा ११ घाइते

इकागज |
फागुन ११, २०७७ मंगलबार ११:१७ बजे

मकवानपुर : हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलमा आज बिहानै सवारी साधन दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।   बिहान हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरका सुमो ठोक्किएर दुर्घटना भएको थियो ।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार घाइते सबैको हाल हेटौँडा अस्पताल र सञ्चो अस्पतालमा उपचार भइरहेको र  तिनको सामान्यावस्था छ । प्रहरीले दुवै सुमोलाई नियन्त्रणमा लिएको छ  । रासस
 



Author

थप समाचार
x