समाज

दुर्घटनामा एकको मृत्यु, चार घाइते

इकागज |
फागुन १२, २०७७ बुधबार २०:१५ बजे

फाइल तस्बिर

काठमाडौँ  : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्युु भएको छ । दुर्घटनामा परी चार घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पूर्वपश्चिम राजमार्गको दाउन्‍नेमा बुधबार दिउँसो बस  अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा बसका चालकको मृत्यु भएको छ । 

विनयी त्रिवेणी गाउँपालिका-२ घ्यूखोलामा  ना६ख ५०३५ को बस आफैँ अनियन्त्रित भएर पल्टिँदा बसका चालक दाङ घोराही उपमहानगरपालिका-१४ बस्‍ने ४० वर्षीय मोतीराम बुढाको मृत्यु भएको हो । बसमा सवार सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।


यस्तै बौदिकाली गाउँपालिका-६, कोटरथमा लु१ज ३३२९ नम्बरको जिप पल्टिँदा तीन घाइते भएका छन् । घाइते हुनेमा बौदिकाली गाउँपालिका-४ बस्‍ने ३१ वर्षीय मोहनसिंह थापा, २२ वर्षीय यमबहादुर गाहा, ३७ वर्षीय पीताम्बर गाहा, २५ वर्षीय कुलबहादुर गाहा घाइते भएका छन् । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस


Author

थप समाचार
x