समाज

हेमबहादुर मल्ल सम्मान-२०७५ : ९६ वर्षीय गौरीशंकरलाललाई

इकागज |
फागुन १३, २०७७ बिहीबार १६:४८ बजे

तस्बिर : सुनिल सी बज्राचार्य

काठमाडौँ  :  हेमबहादुर मल्ल सम्मान २०७५ बाट डा.गौरीशंकरलाल दासलाई बिहीबार प्रदान गरिएको छ । नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पाेरेशनको संयुक्त आयोजनामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी हुन् । राष्ट्रपति भवन महराजगञ्जमा बिहीबार आयोजित सम्मान कार्यक्रममा भण्डारीले दासलाई सम्मानपत्र र २ लाख रुपैयाँ प्रदान गरिन् ।  

प्रशासन, व्यवस्थापन, विकास र सार्वजनिक सरोकारका क्षेत्रमा नीतिगत अध्ययन, अनुसन्धान, परामर्श र पृष्ठपोषण गर्ने उदेश्यले स्व.हेमबहादुर मल्लको स्मृतिमा २०४९ सालमा हेमबहादुर मल्ल सम्मान स्थापना गरिएको थियो ।  पुरस्कार पाएका ९६ वर्षीय दास सुनसरीको इनरुवामा जन्मेका हुन् ।  दास शैक्षिक र पेशागत पृष्ठभूमि स्वास्थ्य सेवासँग आवद्ध व्यक्ति हुन् ।  


 

 


Author

थप समाचार
x