समाज

महेन्द्रनारायण निधिको प्रतिमा स्थापना

इकागज |
फागुन १३, २०७७ बिहीबार १८:२३ बजे

काठमाडौँ : नेपाली कांग्रेसका नेता स्व.महेन्द्रनारायण निधिको प्रतिमा स्थापना गरिएको छ । काठमाडौंको बसुन्धारा स्थित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालभित्र निधिको प्रतिमा स्थापना गरिएको हो । 

नेपाली कांग्रेसका उप-सभापति विमलेन्द्र निधिले बिहीबार महेन्द्रनारायण निधिको प्रतिमा अनावरण गरेका हुन् । अनावरण कार्यक्रममा  उप-सभापति निधिले अस्पतालको नवनिर्मित भवनसमेत उद्घाटन गरे । 


नेपालमा पहाडि भेगको प्रतिनिधित्व गर्दै राजनीतिको शिर्ष तहमा तथा राज्यको महत्वपूर्ण निकायमा पुगेका व्यक्तिहरूको तराईमा प्रतिमा निर्माण गरिने गरिएको भएपनि तराई मधेशको प्रतिनिधित्व गर्दै राजनीतिको शिर्ष तहमा पुगेका व्यक्तिहरूको पहाडी भेगमा खासै प्रतिमा स्थापना गर्ने गरिन्‍न । तराई मधेशबाट स्थापित नेताहरू मध्ये पहिलोपल्ट स्व. महेन्द्रनारायण निधिको काठमाडौंमा प्रतिमा स्थापना भएको हो ।


Author

थप समाचार
x