समाज

मिडिया एक्सन नेपालमा नयाँ कार्यसमिति

इकागज |
फागुन १५, २०७७ शनिबार २०:७ बजे

काठमाडौं : मिडिया एक्सन नेपालको दोस्रो राष्ट्रिय अधिवेशनले लक्ष्मणदत्त पन्तको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा प्रियंका झा,सचिवमा आरती शिल्पकार,कोषाध्यक्षमा दीपा केसी चयन भएका छन् ।  सदस्यमा यम बहादुर दूरा, गणेश प्रसाद घिमिरे र आशिष मिश्र चयन भए । 
 
महाधिवेशनमा आयोजित छलफलमा वरिष्ठ पत्रकार धुव्रहरि अधिकारीले समग्र मिडियाले निष्पक्ष तथ्य समाचारलाई प्राथमिकता दिई समाचार सम्प्रेषण गर्नुपनेमा जोड दिए । प्रेस काउन्सिलका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले पत्रकारिता क्षेत्रमा विकृति बढ्दै गएको र यसलाई सुधार्न नियमन गर्ने संस्था र पत्रकार स्वयंले पनि जिम्मेवारी र उत्तरदायित्व बहन गर्नुपर्ने बताए । 

प्रेस काउन्सिलका प्रमुख कार्यकारी अधिकृत झबिन्द्र भुसालले पत्रकार आचारसंहितामा रहेर काम गर्नुपर्ने भए पनि अहिले पनि मिडिया क्षेत्रमा धेरै भ्रामक र उत्तेजनात्मक सामग्री आउने गरेको बताए । उनले कतिपय अनलाइन दर्ता नै नभई सञ्‍चालन भइरहेको र तिनले दिने सामग्री नियमन गर्न गाह्रो पर्ने गरेको जानकारी दिए ।
 
नवनिर्वाचित अध्यक्ष पन्तले मिडिया एक्सन नेपालले नेपाली मिडिया स्वतन्त्र, निष्पक्ष र उत्तरदायी हुनेपर्ने म्यान्डेट सहित अघि बढेकाले सोही बमोजिम विभिन्‍न छलफल, अध्ययन अनुसन्धान जस्ता कार्यक्रम गर्दै आएको बताए । 


यसैगरी संस्थाको सल्लाहकाहरूमा वरिष्ठ पत्रकार भारतदत्त कोइराला, धुव्रहरी अधिकारी, माधव शर्मा र वरिष्ठ अधिवक्ता एवं प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्णबहादुर कार्की छन्।


Author

थप समाचार
x