समाज

जन्माउने डाक्टर बा रहेनन्

इकागज |
फागुन १६, २०७७ आइतवार ८:३२ बजे

काठमाडौँ : झापामा ५० वर्ष नि:शुल्क मेडिकल प्राक्टिस गर्ने चिकित्सक शंकर प्रसाद उप्रेतीको शनिबार राति साढे ११ बजे निवासमै निधन भएको छ । डेलिभरी डाक्टरका रूपमा परिचित उनी तीन पुस्तासम्मलाई डेलिभरी गराउने बा भनेर चिनिन्थे ।

`चिकित्सा, राजनीति र सेवाका त्रिवेणी हुनुहुन्थ्यो उहाँ,´ लेखक कृष्ण धरावासीले भने, `म त उहाँकै अभिभावकत्वमा हुर्केको हुँ ।´ उप्रेती पछिल्लो समय छोरा प्रा.डा. सन्जीव र बुहारी डा. अर्चना थापासँग काठमाडौंमा बस्थे । उनको आत्मकथा जीवन एक सपना अक्षर क्रियसन्सबाट प्रकाशित छ ।



Author

थप समाचार
x