समाज

यस्ता छन् शिक्षक सरुवा गर्दा पालना गर्नुपर्ने मापदण्ड

इकागज |
फागुन १६, २०७७ आइतबार १६:१६ बजे

सांकेतिक तस्बिर

काठमाडौँ : सरकारले शिक्षकहरुको अन्तरजिल्ला सरुवा खुला गरेको छ । शिक्षा मन्त्रालयले शिक्षकहरुलाई एक जिल्लादेखि अर्को जिल्ला सरुवा भएर जान पाउने बाटो खोलेको हो । यद्यपी यसबारेमा पूर्ण जानकारी शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाइ दिनुपर्नेछ ।

अहिले विद्यालय तहको शिक्षा सञ्चालनको अधिकार स्थानीय तहलाई छ । तर शिक्षक सरुवा र व्यवस्थापनको काम भने केन्द्र सरकारले गर्दै आएको छ । यस विषयमा केन्द्र सरकार र स्थानीय सरकारका जनप्रतिनिधिबीच विवाद पनि छ । सोही विवादका कारण गएको पुसमा शिक्षा मन्त्रालयले अन्तर जिल्ला सरुवा रोकेको थियो । 


सरकारले अन्तर जिल्ला शिक्षक सरुवा गर्न पाउने व्यवस्था गरेपछि स्थानीय तहका जनप्रतिनिधिलाई केही सहज हुने देखिएको छ । तर यसका लागि जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र केन्द्रबीच सहकार्य हुनुपर्नेछ ।

यसका साथै एक जिल्लादेखि अर्को जिल्ला वा एक स्थानीय तहदेखि अर्को स्थानीय तहबीचमा दरबन्दी मिलानको काम सम्पन्न भएको प्रतिवेदन केन्द्रलाई बुझाउनुपर्नेछ । सरुवा गर्दा विषय र तह मिलेका शिक्षकहरु हुनुपर्नेछ । 

यसले शिक्षाको गुणस्तर वृद्धि गर्न क्षमतावान शिक्षक ल्याउने र पठनपाठनमा बाहनाबाजी गर्ने शिक्षकलाई सरुवा गर्ने स्थानीय तहलाई सहज हुनेछ । 


Author

थप समाचार
x