समाज

दक्षिण एसियाकै दोस्रो शान्त देश नेपाल

इकागज |
फागुन १६, २०७७ आइतवार २०:२७ बजे

काठमाडौँ  :  दक्षिण एसियामा नेपाल दोस्रो शान्त मुलुक भएको एक अध्ययनले देखाएको छ । ग्लोबल पीस इन्डेक्सले सन् २०२० मा गरेको अध्ययन अनुसार दक्षिण एसियाका सात मुलुकमध्ये नेपाल शान्त मुलुक देखिएको हो । 

पहिलोमा भुटान रहेको छ । सार्कमा अशान्त मुलुकको पहिलो सूचीमा अफगानिस्तान छ । विश्वव्यापी रुपमा शान्त देशको सूचीमा नेपाल ७३ औँ स्थानमा छ । २०१९ मा विश्वव्यापी रुपमा शान्त देशको सूचीमा ७६ औँ नम्बरमा रहेको नेपाल २०२० मा भने ७३ मा उक्लिएको हो ।   
 



Author

थप समाचार
x