समाज

तीन दिनको मौसम पूर्वानुमान

पूर्वी नेपालमा पश्चिमी वायुको प्रभाव : मेघगर्जन, चट्टयाङ र हल्का वर्षा

इकागज |
फागुन १७, २०७७ सोमवार ७:८ बजे

काठमाडौँ : आगामी तीन दिन प्रदेश १ का केही स्थानमा मेघगर्जन, चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ  । मौसम पूर्वानुमान महाशाखाको मौसम विश्लेषण अनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको छ  ।

आगामी तीन दिनको मौसम पूर्वानुमान


फाल्गुन १६ गते (आइतबार)

 राती :  प्रदेश १ मा सामान्य बदली रही वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ का केही स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ  ।

फाल्गुन १७ गते (सोमबार)

दिउँसो :  प्रदेश १, वाग्मती, गण्डकी र सुदुर-पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

राती :  प्रदेश १, गण्डकी र सुदुर-पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा  आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

फाल्गुन १८ गते (मंगलबार)

दिउँसो :  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

राती :  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।


Author

थप समाचार
x