समाज

‘हिजोको होइन, आजको सीता बन्‍नुस्’

इकागज |
फागुन २२, २०७७ शनिबार १९:६ बजे

जनकपुरधाम : नेपाली कांग्रेसका नेता प्रदीप गिरिले आजको सीता बन्न सुझाव दिएका छन् । जनकपुरधाममा जारी जनकपुर साहित्य महोत्सवमा बोल्दै नेता गिरीले समय परिवर्तन भइसकेको कारण हिजोको सीता बन्न गाह्रो रहने बताए । उनी भन्छन्,‘त्यही भएर बदलिँदो परिवेश अनुसार आजको सीता बन्न जरुरी छ ।

केही दिनअघि सामाजिक सञ्जालमा एक युवतीले मैथिली भाषाको कवितामा ‘हम सीता नै बनबौँ’ प्रयोग गरेकी थिइन्। यही वाक्यांशलाई संकेत गर्दै गिरिले सुझाव दिएका छन् ।ती युवतीले गरेको कविता प्रस्तुतिलाई लिएर सामाजिक संजालमा विभिन्‍न मतअभिमत देखिएका थिए । हिजो सोही महोत्सवको एक शत्रमा पत्रकार मनिका झाले ‘म सीता बन्छु’ भनेपछि दुवैको अभिव्यक्तिले बहसलाई झन चर्चामा ल्याएको थियो । 


सोही बहसका क्रममा सीता विमर्श नामक शत्रमा प्रवचन दिँदै नेता गिरिले क्रान्तिकारी र स्वाभिमानी मात्र नभई साहसी तथा धैर्यताको प्रतिकको रुपमा आत्मसम्मानको उदाहरण भएकोले सीताको स्थान पाउन मुश्किल रहेको बताए । त्यसैले अब महिलाहरू आजको सीता बन्‍नुपर्ने बताए । 

गिरिले भने,‘सीताको वास्तविक चरित्रलाई लुकाइएका कारण सीता बन्ने कि नबन्‍ने बहस चलिरहेको छ । तर वास्तवमा भन्‍ने हो भने आजको परिवेशमा हिजोको सीता बन्न सहज छैन । किनकि रामायणकालीन सीता समाजका लागि त्याग र तपस्याको अनुकरणीय उदाहरण समेत हुन् । जुन अहिलेको युगमा सम्भव नभएकाले सीता बन्नुस् तर हिजोको होइन आजको बन्नुस् ।’


Author

थप समाचार
x