मेलम्ची र हेलम्बु बाढी प्रभावित क्षेत्रमा ४ करोड रकम विनियोजन
मेलम्ची-र-हेलम्बु-बाढी-प्

बाँकी ७ करोड रकम पनि यहि आर्थिक वर्ष २०७८/७९ मा स्वीकृत भई कार्यान्वयनमा समेत आउने बाग्मती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले बताए । सिन्धुपाल्चोकबाट निर्वाचित प्रदेशसभा सदस्य युवराज दुलालको पहलमा बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि सरकारले बजेट विनियोजन गरेको हो ।
अकल्पनीय मेलम्ची/इन्द्रावती बाढी पश्चात् बाढी पीडितहरूको मुहारमा खुसी झल्काउने गरि मेलम्ची इन्द्रावती नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि पहिलो चरणमा पाँचपोखरी, हेलम्बुदेखि ढाँडखोलासम्म ३१ वटा योजना समावेशसहित ४ करोड विनियोजन भएकोमा बाढी प्रभावित समेत रहेका नेकपा माओवादी जिल्ला कमिटी सदस्य सिपी दुलालले बताए।
मन्त्रालयले रकम विनियोजन गरेपछि अब मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका अधिकांश क्षेत्रमा बाढीले पुर्याएको प्रभावित क्षेत्रको संरक्षण हुने भएपछि वाढि प्रभावित खुसी भएका छन् ।
प्रदेश सरकार संचालन संयोजक , पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्यसमेत रहेका दुलालले मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलसँग छलफल गर्दै यहाँको अस्थायी संरक्षण र दीर्घकालिन योजनाका बारेमा छलफल गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया