समाज

प्रधानसेनापति शर्मा र बंगलादेशका राजदूत चौधरीबीच शिष्‍टाचार भेटवार्ता

इकागज |
फागुन २५, २०७८ बुधबार १३:३२ बजे

काठमाडौँ - नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि बंगलादेशका राजदूत सल्लाहुदिन नोमन चौधरीबीच शिष्‍टाचार भेटवार्ता भएको छ । बुधबार प्रधानसेनापति शर्मा र राजदूत चौधरीबीच नेपाली सेनाको मुख्यालयमा भेटघाट भएको हो ।

जंगी अड्डाकाअनुसार भेटमा आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशको आपसी सम्बन्ध एवं प्रगाढ बनाउन थप मद्दत गर्ने नेपाली सेनाले विश्‍वास लिएको छ ।


 


Author

थप समाचार
x