समाज

साउदी जाने नेपालीले अब पीसीआर परीक्षण गर्नु नपर्ने

इकागज |
फागुन २६, २०७८ बिहीबार १०:२२ बजे

फाइल तस्बिर

काठमाडौँ- साउदीले कोभिड-१९ सम्बन्धी तथा मापदण्ड खुकुलो पारेको छ । साउदी प्रवेश गर्नेले नागरिकले अबदेखि कोभिड-१९ परीक्षणको पिसिआर गर्नु नपर्ने भएको छ । होम क्‍वारेन्टाइन वा संस्थागत क्वारेन्टाइनमासमेत बस्न नपर्ने साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

त्यसैगरी भिजिट भिसामा जानेले कोभिड संक्रमण उपचार खर्च कभर गर्ने स्वास्थ्य वीमा गरेको हुनुपर्नेछ । खुला ठाउँमा रहँदा फेस मास्क लगाउनुपर्ने छैन । तर, अस्पताल, सरकारी कार्यालय, डिपार्टमेन्ट स्टोर, जीमखाना जस्ता अन्य पसलमा जाँदा भने अनिवार्य मास्क लगाउनुपर्ने छ ।


दूतावासकाअनुसार सभा-सम्मेलन, भेला जस्ता कार्यक्रममा उपस्थित हुँदा भौतिक दूरी कायम गर्नुपर्ने छ ।


Author

थप समाचार
x