समाज

कैलालीमा बस दुर्घटना : एक जनाको मृत्यु, २९ जना घाईते

इकागज |
चैत ८, २०७७ आइतवार २०:३५ बजे

धनगढी : कैलालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २९ जना घाईते भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ५ डोके बजारमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

धनगढीबाट काठमाडौँका लागि छुटेको बस घोडाघोडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । मृतको सनाखत भएको छैन ।  घाईते २७ जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । बाँकी दुई जनालाई थप उपचारका लागि रिफर गरिएको छ । गाडी नम्बर पनि खुलेको छैन ।   



Author

थप समाचार
x