समाज

एमाले उम्मेदवारको घर नजिकै शंकास्पद वस्तु बम नभएको पुष्टि

इकागज |
बैशाख २६, २०७९ सोमबार १६:३८ बजे

स्याङ्जा – स्याङ्जामा एमाले उम्मेदवारको घर जाने बाटोमा शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

भिरकोट नगरपालिका एमालेबाट मेयरका उम्मेदवार विश्वनाथ अर्यालको घर जाने बाटोमा प्रेसर कुकरमाथि रातो तार र कालो टेपले बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको थियो । उक्त वस्तु बम नभएको पुष्टि भएको प्रहरीले जनाएको छ । 


साेमबार बिहान ६ः२५ बजेतिर घर नजिकै प्रेसर कुकरमाथि रातो तार र कालो टेपले बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको थियो ।

शंकास्पद वस्तु फेला परेको जानकारी पाएलगत्तै नेपाली सेनाको समिरजित गुल्मबाट क्याप्टेन अनुपम अर्यालको कमान्डमा बम डिस्पोजल टोली खटिएको थियो । डिस्पोज गर्ने क्रममा कुकरभित्र पाँचवटा सानो ढुंगा र लाइटमा प्रयोग हुने एक थान ब्याट्री भेटिएको प्रहरीले जनाएको छ । 
 


Author

थप समाचार
x