समाज

रसुवामा पोल भाडा नतिर्ने सेवा प्रदायकको लाइन काटिँदै

इकागज |
बैशाख २६, २०७९ सोमबार १८:० बजे

रसुवा- रसुवामा पोल भाडा नतिर्ने सेवा प्रदायकको लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले लामो समयदेखि पोल भाडा नतिर्ने सेवा प्रदायकको लाइन काट्ने भएको हो । 

पोल भाडा नतिर्ने सेवा प्रदायकको जेठ १ गतेबाट लाइन काट्ने नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका प्रशासन प्रमुख एवं सूचना अधिकारी दिपरमण अधिकारीले बताए । उनका अनुसार प्राधिकरणको विद्युतीय संरचना प्रयोग गर्ने सेवा प्रदायकले ७ वर्षदेखि पोलभाडा नतिरेकोले लाइन काट्न लागिएको हो ।


विद्युतीय संरचना प्रयोग गर्ने तथा अप्टिकल फाइबर भाडामा लिएर टेलिफोन, इन्टरनेट, केबल टिभी सेवा सञ्चालन गर्ने सेवा प्रदायकले २०७२ सालदेखि शुल्क नतिरेको बताइएको छ । 

'नेपाल टेलिकम बाहेक अन्यले लामो समयदेखि शुल्क नतिरेका अधिकारीले बताए । सेवा प्रदायकलाई सम्झौता गर्नका लागि पटक पटक पत्राचार गरिएको छ । तर सेवा प्रदायकहरू हालसम्म सम्झौता गर्न आएका छैनन्', उनले भने, ।  

पोल भाडा सम्झौता गर्न अटेर गर्ने सेवा प्रदायक संस्थाहरूको हकमा आसन्न स्थानीय तहको मतदान केन्द्र तथा मतगणना स्थलहरूमा इन्टरनेट सेवा प्रभावित नहुने यकिन गरी आउँदो जेठ १ गतेदेखि सम्बन्धित स्थानको स्थानीय कार्यालयको विद्युत् लाइन काट्ने, नयाँ सेवा विस्तार गरेको पाइएमा सामग्री तथा उपकरण नियन्त्रणमा लिने निर्णय भएको छ । शुल्क नबुझाउने सबै सेवा प्रदायकको लाइन काट्नका लागि केन्द्रले परिपत्र गरिरहेको र यसको प्रक्रिया अघि बढाइएको छ ।

नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका अनुसार जिल्लामा ७ वटा सेवा प्रदायक रहेका छन् ।  एनसेल, सुविसु, मर्कन्टाइल, वल्र्डलिंक, एनआइटिभी स्टे्रम्स, लाङटाङ केबल नेटवर्क, एभरेष्ट लिंक र बेत्रावती केवलले पोल भाडा नबुझाएको बताइएको छ ।

 


Author

थप समाचार
x