समाज

बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु

इकागज |
बैशाख २६, २०७९ सोमबार १९:६ बजे

फाइल फोटो

बागलुङ - बागलुङमा भिरबाट लडेर आज एक जनाको मृत्यु भएको छ ।  जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका ५५ वर्षीय जगबहादुर किसानको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको प्रहरीको भनाइ छ । 

यही वैशाख २५ गते सम्र्पकविहीन हुनुभएका किसान खोजतलासको क्रममा आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिफ । 


मादक पदार्थ सेवन गरेर हिँड्नेक्रममा लडेर मृत्यु भएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x