समाज

मकवानपुरमा मादक पदार्थ बिक्री तथा सेवनमा प्रतिबन्ध

इकागज |
बैशाख २६, २०७९ सोमवार १९:४२ बजे

मकवानपुर – जिल्ला प्रशासन कार्यालय मकवानपुर मकवानपुर भोलि २७ बैशाखको रातीबाट मादक पदार्थ बिक्री तथा सेवन प्रतिबन्ध गरेको छ । 

प्रशासनले ३० बैशाखमा हुने स्थानीय सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि भन्दै यस्तो निर्णय गरेको हो। २७ बैशाखको राति १२ बजेबाट जिल्लाभर मादक पदार्थको सेवन तथा विक्रि वितरणमा रोक लगाउने बारे सूचना मार्फत जानकारी गराएको छ । 


आज एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यलय मकवानपुरले ३० बैशाखसम्म जिल्लाभर मादक पदार्थको सेवन तथा विक्रि वितरणमा रोक लगाइएको जनाएको छ । 

यसैगरि,मतगणनास्थलको ५ सय मिटर आसपास क्षेत्रमा मतगणनाको कार्य सम्पन्न नहुँदासम्म मादक पदार्थ बिक्री वितरण बन्द गर्न आग्रह गरेको छ । निर्वाचन कार्यतालिका अनुसार २७ बैशाखको रात १२ बजेपछि मैन अवधी सुरू हुदैछ । यो समयमा चुनाव लक्ष्यित कुनैपनि गतिविधि गर्न पाइने छैन ।


Author

थप समाचार
x