समाज

वर्ड फ्लू प्रमाणित भएपछि ६ हजार कुखुरा नष्ट

इकागज |
बैशाख २६, २०७९ सोमवार २१:१८ बजे

मकवानपुर – हेटौंडा उपमहानगरपालिकाको २ स्थानमा व्यवसायीक कुखुरा फार्ममा वर्ड फ्लू प्रमाणित भएपछि आज ६ हजार कुखुरा नष्ट गरिएको छ ।

हेटौंडा १८ हर्नामाडीको एउटा र हेटौंडा ७ नागश्वतीको दुईवटा व्यवसायीक कुखुरा फार्ममा रहेका कुखुरा एक्कासि मर्न थालेपछि पिसिआर टेस्ट गर्दा वर्ड फ्लू प्रमाणित भएको थियो । 


भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका अनुसार हेटौंडा–७, नागश्वती र हेटौंडा–१८, हर्नामाडी क्षेत्रमा वर्डफ्लु पुष्टि भएको हो । हेटौंडा उपमहानगरपालिका वडा न १८  हर्नामाडीमा राजकुमार दुलालको फार्ममा रहेको १ हजार ५ सय कमर्सियल लेयर्स प्रजातिको कुखुरामा वर्ड फ्लू पुष्टि भएपछि २४ गते कुखुरा नष्ट गर्ने तयारी गरिएको थियो । 

तर कुखुरा नष्ट गर्न गएको बिज्ञ टोलिलाई नै आशंका लागेपछि पुन: नमुना परिक्षण गर्न पठाईएकोमा फेरि पनि पोजेटिभ नतिजा आएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर ब्रज किशोर ठाकुरले बताए।  

बैठकमा कुखुरा व्यवसायी संघ, मकवानपुर उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थितिमा कुखुरा नष्ट गरिएको हो ।

यता हेटौंडा–७ को रिना थापाको रिया पोल्ट्री र रितिका पोल्ट्री फर्ममा वर्डफ्लु प्रमाणित भएको रिपोर्ट आज प्राप्त भएको हो । कुखुरा मरेपछि गत शुक्रबार ल्याब परीक्षण गर्न काठमाडौंस्थित पशु रोग अन्वेषण प्रयोगशालामा नमुना पठाइएको थियो ।

आज कुखुरा ६ हजार वटा, अन्डा ११ हजार ५९६ वटा, दाना ३ बोरा नष्ट गरिएको मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु अधिकारले बताए ।

११ दिनअघि हेटौंडा ७ नागश्वतीमा वर्ड फ्लू पुष्टि भएपछि लेयर्स कुखुरा ३ हजार ४५३ वटा, अण्डा ५ हजार ७८० गाेटा र  ४५० केजी दाना नष्ट गरिएको थियो ।


Author

थप समाचार
x