समाज

आचारसंहिता उल्लंघन गर्ने २१२ मिडियामाथि कारबाही

इकागज |
बैशाख २९, २०७९ बिहीबार १६:१० बजे

काठमाडाैँ – प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१२ वटा मिडियामाथि कारवाही गरेको छ । 

काउन्सिलका अनुसार कारवाहीमा पर्ने मिडियामा २३ वटा पत्रपत्रिका, २० वटा रेडियो, १० वटा टेलिभिजन, ८६ वटा अनलाइन न्युज पोर्टल र ४४ वटा वेब पोर्टल रहेका छन् ।


यस्तै २९ जना पत्रकारलाई पनि कारवाही गरिएको छ । 

प्रकाशित तथा प्रसारित भएका २२३ वटा सामाग्रीलाई लिएर काउन्सिलले २१२ वटा मिडियालाई कारवाही गरेको हो । 


Author

थप समाचार
x