भोलि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौँ - स्थानीय निर्वाचनको दिन शुक्रबार देशका विभिन्न स्थानमा सामान्य वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। विभागका अनुसार वैशाख ३० गते मुख्य गरी प्रदेश १, बागमती र गण्डकी प्रदेशमा मेघ गर्जनसहित सामान्य वर्षाको सम्भावना रहेको छ ।
बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म प्रदेश १ मधेस र बागमती प्रदेशमा सामान्य बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। बागमती गण्डकी र मधेसका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तै अन्य प्रदेशका केही स्थानमा समेत मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया