समाज

बकैयामा एक पुरुषको शव फेला

इकागज |
बैशाख २९, २०७९ बिहीबार १६:४९ बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ ।

गाउँपालिका-२ को कैलेनी भिर नजिकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


स्थानीयले खोला नजिकै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवको अहिलेसम्म पहिचान नखुलेको र शवलाई हेटौंडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x